४ पुस २०८२, शुक्रबार | December 20, 2025

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा तरङ्ग, क्षेत्रीय समन्वय कमिटी संयोजकद्वारा राजीनामा



काठमाडौं । अछाममा भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विवाद उत्पन्न भएको छ ।

रावललाई टिकट नदिएपछि नैतिकताको आधारमा एमालेको क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । यस्तै रावल निकट जिल्ला कमिटीका नेताहरुले समेत सामुहिक राजिनामा दिने भन्दै आजै भेला बोलाएका छन् ।

क्षेत्रीय कमिटी संयोजक शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा दिएको जानकारी गराएका छन् । शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । उनले

भीम रावललाई अछाम जिल्ला कमिटीले क्षेत्र नं. १ मा एकमतले एकल उम्मेदवार चयन गरेको थियो । तर, अध्यक्ष ओलीले आफ्नो विरोधमा रहने नेता रावललाई टिकट नदिएर माओवादीबाट एमाले बनेका झपट बोहोरालाई टिकट दिएका थिए । उम्मेदवार चयन गर्दा बसेको बैठकमा अछाम जिल्ला इन्चार्ज बाहोरा नै प्रमुख अतिथि रहेका थिए ।

माधवकुमार नेपाललाई छोडेर ओलीसँग १० बुँदे सहमति गर्दै सम्झौता गरेका रावललाई ओलीले दण्डित गर्दै टिकट नदिएको विश्लेषण गरिएको छ । १०औं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न चाहेका ओली विरुद्ध रावलले उम्मेदवारी दिएपछि ओली झन बढी चिढिएका थिए ।

 

 

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको