२७ श्रावण २०८३, बुधबार | August 12, 2026

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित



न्युयोर्क । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,।

इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो । जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्।

कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छु, डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ ।

बर्लिन कार्यक्रमको अर्को आयोजक डब्लूएचएस फाउन्डेशन जीएमबीएचले आरोपहरूको तत्काल छानबिन गर्न माग गरेको छ । यसैबीच डब्लूएओले सो घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । ‘डब्ल्यूएचओले यस मुद्दामा अनुसन्धानको नेतृत्व गरिरहेको छु’, डब्ल्यूएचएस फाउन्डेसनका प्रबन्ध निर्देशक डा जोर्ग हेल्डम्यानले विज्ञप्तिमा भने।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको