३० श्रावण २०८३, शनिबार | August 15, 2026

मतदातासामु सुवास नेम्वाङका दुई वाचा



इलाम । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदातासामु दईवटा वाचा गरेका छन् । इलाम क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग मुख्य प्रतिस्पर्धामा रहेका नेम्वाङले चुनावीसभामा भने, “म धेरै आश्वासन बाँड्दिन, मात्र दुइटा कुरा भन्छु, पहिलो म तपाइँहरूको शिर निहुरिने काम कहिले गर्नेछैन र अर्को यस क्षेत्रका जनताको दुःख, अभाव र समस्यामा मलम लगाउन सधैँ हाजिर हुनेछु ।”

आफ्नो नेतृत्वमा संविधान जारी गरेर इलामे जनताको शिर उँचो बनाएको दाबी गर्दै उनले भने, “सदासर्वदा जुनसुकै काम गर्दा यहाँहरूलाई सम्झिएर काम गर्नेछु । यहाँका प्रत्येक समस्या समाधान गर्नेमा मेरो समर्थन रहनेछ ।”

नेम्वाङ पाँचौं पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनले विसं २०५६ यता लगातार चुनाव जित्दै आएका छन् । गत निर्वाचनमा कांग्रेस उम्मेदवार केशव थापा करिब साढे नौ हजार मतान्तरले नेम्वाङसँग पराजित भएका थिए । अगाडिका चार निर्वाचनमा सहज जित हासिल गर्नुभएका नेम्वाङ दुईपटक संविधानसभाको अध्यक्ष बने । राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नुभएका नेम्वाङलाई आगामी चुनाव भने त्यति सहज छैन ।

उक्त क्षेत्रबाट गठन्धनका उम्मेदवार कांग्रेसका खड्का नेम्वाङ हराउने अभियानमा कस्सिएर लागेका छन् । इलामको पश्चिमी पालिकाहरूमा विद्युत् र सडकको पहुँच नपुगेको भन्दै मतदातामा निराशा देखिन्छ । खड्का सोही विषयलाई एजेन्डा बनाएर मतदाताको घरघरमा पुगिरहेका छन । अर्कातिर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला भएका कारण पार्टी विभाजनको केही असर एमालेले खेप्नुपरेको छ । गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमाले र कांगेसको करिब बराबर जस्तै छ । उक्त चुनावमा वडाध्यक्षमा एमालेले पाएको मत ३२ हजार पाँच सय २७ हो भने कांग्रेसको पक्षमा ३२ हजार नौ सय ७८ मत प्राप्त थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) को दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ । इलाम जिल्लाका लागि कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं २ मा मात्र एक लाख चार हजार नौ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।रासस

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर