२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पार्टीका उम्मेदवारविरुद्ध लाग्ने थप पाँच नेतामाथि कांग्रेसको कारवाही



काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको उम्मेदवारविरुद्ध क्रियाशील भएको भन्दै पाँचजना क्रियाशील सदस्यलाई कारबाही गर्दै उनीहरूको नाम अभिलेखबाट हटाउने निर्देशन दिएको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

यसरी साधारण सदस्यबाटै कारबाहीमा परेकामा हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही, बाराका क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव, बाराका महाधिवेशन प्रतिनिधि रवीन्द्रप्रसाद यादव र वीरेन्द्रप्रसाद यादव तथा जिल्ला सदस्य बाराका रामएकवालप्रसाद यादव छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ०० बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको