३० श्रावण २०८३, शनिबार | August 16, 2026

चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल



काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ ।

गत असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा समाचार सामग्री आचारसंहिताविपरीत पाइएको काउन्सिलले जनाएको छ ।

सात वटा वेब पोर्टल, एक समाचार संस्था र एक सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ । सो अवधिमा २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत र २७ वटालाई स्पष्टीकरण सोधिएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए ।

अठार वटा सामग्रीका विषयमा मौखिक निर्देशन एवं ध्यानाकर्षण गराइएको र दर्ता÷सूचीकरण नभएका सात वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

मौन अवधिमा ५१ सञ्चारमाध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ । मतगणना चलिरहेको समयमा संयम रहन र आधिकारिक पुष्ट्याइँ गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै काउन्सिलले निर्वाचन सम्पन्न गर्न सञ्चारमाध्यमले निभाएको भूमिकाको प्रशंसा गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ४१ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो