२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिने तयारी अन्तिम चरणमा



बुटवल । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रुपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।

बुटवलका १९ वटै वडाहरुमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबी विरोध र गुनासो भएमा १५ दिनभित्र कागजातसहित दाबी विरोध गर्न उपमहानगरपालिकाले आह्वान गरेको छ । १५ दिनभित्र कुनै दाबी विरोध नआएमा लगत्तै बसोबासको प्रमाण पत्र वितरण गर्ने गरी तयारी भएको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

उनले लामो समयदेखि भोगचलन गर्दै आएका र तत्काल लालपूर्जा पाउने प्रक्रियामा जान नसकेका बासिन्दाको अभिलेख राख्ने र सो क्षेत्रको जग्गा किनबेचमा समेत रोक लगाउने उदेश्यले बसोबासको प्रमाणपत्र दिन लागेको बताए ।

बुटवलभित्र १६ हजार ५ सय २१ घरपरिवार अव्यवस्थित रुपमा बसोबास गर्दै आएको तथ्यांक संकलनपछि सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न र अवैध रुपमा भइरहेको किनबेच रोक्ने उदेश्यले बसोबासको प्रमाण पत्र दिने तयारी गरेको उनले बताए ।
भूमिसम्बन्धी ऐनले स्थानीय तहलाई दिएको वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने, पहिचान गर्ने र प्रमाणिकरण गर्न सक्ने अधिकारबमोजिम नै लगत संकलन र पहिचान गर्ने काम गर्न लागिएको पन्थीले बताए ।

‘स्थानीय सरकारका रुपमा आफ्नो सीमानाभित्र को कस्तो अवस्थामा बसिरहेको छ भन्ने अभिलेख राख्ने र त्यसरी बसिरहेकोमध्ये लालपूर्जाविहिन परिवारलाई बसोबासको प्रमाणपत्र दिन लागिएको हो,–उनले भने ।

गत स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाको प्रमुखमा विजयी भएपछि खेलराज पाण्डेयले अव्यवस्थित बसोबासीलाई बसोबासको प्रमाण पत्र दिने घोषणा गरेका थिए । चुनाबबाट अनुमोदन भएको एजेण्डाअनुसार नै पहिलो निर्णय अव्यवस्थित बसोबासीलाई प्रमाण पत्र दिने भएकोे नगर प्रमुख पाण्डेयले बताए ।

‘अव्यवस्थित बसोबासीलाई कहिलेसम्म अव्यवस्थित भनिरहने, कहिलेसम्म व्यवस्थित नगर्ने, यो बुटवलको मूल समस्यामध्येको एक हो, उनले भने–अहिले यो बसोबासको क्षेत्रमा पनि अवैध रुपमा किनबेच र थप अतिक्रमण भइरहेको छ, त्यसलाई रोक्नका लागि पनि हामीले बसोबासको प्रमाणपत्र दिन लागेका हौं ।’

उनले बसोबासको प्रमाणपत्र वितरणपश्चात् थप बसोबास रोकिने र त्यसपछि हुने अतिक्रमण रोकिने बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ४९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा