७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त



काठमाडौं, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

६ जनाको मृत्यु र १८ जना घाइते हुने गरी बिहीबार राति पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जला ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् ।

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : १२ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी