१५ बैशाख २०८१, शनिबार | April 27, 2024

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ ।

नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन । विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो ।

उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो । नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ ।

राष्ट्रनिर्माता पृथ्यीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकारले राप्रपाको मात्र नभई बहुसङख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई धन्यवाद दिए ।

उनले सरकारको यो निर्णय र राप्रपाको विगत लामो समयदेखिको मागको सम्बोधनका कारण पनि भोलि देशव्यापीरूपमा पृथ्वीनाराण शाहको जन्मजयन्ती भव्यरूपमा मनाइने र राप्रपाले आयोजना गरेको जलपानमा पनि नेपालका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २४ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र