३ भदौ २०८३, बुधबार | August 19, 2026

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ ।

नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन । विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो ।

उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो । नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ ।

राष्ट्रनिर्माता पृथ्यीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकारले राप्रपाको मात्र नभई बहुसङख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई धन्यवाद दिए ।

उनले सरकारको यो निर्णय र राप्रपाको विगत लामो समयदेखिको मागको सम्बोधनका कारण पनि भोलि देशव्यापीरूपमा पृथ्वीनाराण शाहको जन्मजयन्ती भव्यरूपमा मनाइने र राप्रपाले आयोजना गरेको जलपानमा पनि नेपालका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २४ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने