५ माघ २०८२, सोमबार | January 19, 2026

आजको मौसम : हुस्सु, कुहिरो र बादलले जनजीवनमा असर पार्ने सम्भावना



काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ । जसले दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ ।

प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ ।

पहाड र हिमालका धेरै भू-भागमा, तराईका केही भू-भागमा बादल लागेर तथा तराईका थोरै क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३९ बजे

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा हिमपात हुनसकेन

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि