८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

अधिकारकर्मी रुबी खान सहितको अभियन्ताहरु धर्नास्थल नजिकैबाट पक्राउ



काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुनी धोबीका लागि न्यायको माग गर्दै विगत २६ दिन देखि धर्ना सहित आन्दोलनरत अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला खानसहितका अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले पक्राउ गरेको हो । आजको धर्ना र ¥यालीलाई वृहत नागरिक आन्दोलनले पनि साथ रहेको थियो ।

माइतीघर मण्डलामा विगत २६ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू पनि आज सहभागी भएका थिए ।

निर्मला कुर्मी हत्या तथा नन्कुनी धोबीको अत्महत्या प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २६ दिनदेखि चलिरहेको धर्नालाई शसक्त बनाउन माइतीघरमा भेला भएको बेला प्रहरीले धरपकड गरेको अभियन्ताहरूले बताएका छन्।

आजको धर्नामा महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ५५ बजे

दाङमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण

रास्वपा सभापति लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज