२३ असार २०८३, मंगलबार | July 7, 2026

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् ।

उनले भनिन, “भ्रष्टाचार राज्यविरुद्धको अपराध हो । यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु¥याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ ।”

सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति भण्डारीको भनाइ छ । उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : ३३ बजे

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको