१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अनेरास्ववियुको महाधिवेशनकाे तयारी पूरा



काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३ औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् ।

आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकीी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : १० बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७