काठमाडौं । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।
प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि रिक्त रहेको चितवन-२ मा बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार फागुन १० गते देखी फागुन १६ गते सम्म दल दर्ता गरिसक्नु पर्नेछ ।
‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ ।



















प्रतिक्रिया