२६ असार २०८३, शुक्रबार | July 10, 2026

लागूऔषधसहित पोखराबाट तीन जना पक्राउ



पोखरा । पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागुऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो । गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए । पोखरा महानगरपालिका-२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।

पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७/७ एम्पुल फेला परेको छ । श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४/३४ थान बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ११ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा