६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादी पृष्ठभूमिका आठ दलले भोलि संयुक्त पत्रकार सम्मेलन गर्ने



काठमाडौं । आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिए ।

मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

द्वन्द्वकालीन मुद्दाको निर्क्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेगरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : १३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको