१४ बैशाख २०८३, सोमबार | April 27, 2026

२२ औं तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाइ पराजित गर्दै थ्री स्टार विजयी



बुटवल । शनिबारदेखि सुरु भएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलमा पराजित गरेको हो । यो जित संगै थ्री स्टार समेमिफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो हापको ३८ औं मिनेटमा थ्री स्टारका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित भए । आजको जितसँगै थ्रीस्टारले शनिबारको विजेता सुदूरपश्चिम-११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही-११ लाई शनिबार ३-१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

खेलमा हिमालयन शेर्पाका खेलाडी निशान लिम्बू र थ्री स्टारका खेलाडी पिटरले पहेँलो कार्ड पाएका थिए ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

भोलीको खेल विभागिय टोली नेपाल सशस्त्र प्रहरी एपीएफ र फ्रेण्ड्स क्लब बिच दिउँसो ३ बजे खेल हुने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ०३ बजे

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति