७ भदौ २०८३, आइतबार | August 23, 2026

राजेन्द्र लिङ्देनको प्रश्न : पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै लिङदेनले प्रधानमन्त्रीले बीचैमा बाटो मोडेकाले आफूहरूलाई त्यो रात गाह्रो भएको बताए ।

‘विश्वासको मतबारे जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ उहाँ । दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रधानमन्त्री हुनुभयो’, लिङ्देनले भने, ‘तपाईँले धोका दिनुभयो । तर अब वैशाख १५, २० गते यस्तै दिन नआओस् ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई धेरै गाडी फेर्ने ड्राइभरको संज्ञा दिँदै आफूहरू केही थान मन्त्रीका लागि मात्र नभएर निश्चित मुद्दा लिएर सरकारमा गएपनि प्रधानमन्त्रीले नै बाटो फेरेको सरकारबाट बाहिरिनुपरेको बताए ।

‘ड्राइभर अनुभवी भनेर आएपछि लाइसेन्स भएको मान्छेलाई नयाँ हाइड्रोलिक गाडी दिएको तर पुरानै गाडी चलाउँछु भनेर हाम फालेपछि के गर्नु ?’, लिङदेनले भने, राप्रपासँग गाडी पनि भएको, लाइसेन्स पनि भएको तर सिट नै नभएको बताए । उनले यही अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : २४ बजे

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको