४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजेन्द्र लिङ्देनको प्रश्न : पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै लिङदेनले प्रधानमन्त्रीले बीचैमा बाटो मोडेकाले आफूहरूलाई त्यो रात गाह्रो भएको बताए ।

‘विश्वासको मतबारे जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ उहाँ । दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रधानमन्त्री हुनुभयो’, लिङ्देनले भने, ‘तपाईँले धोका दिनुभयो । तर अब वैशाख १५, २० गते यस्तै दिन नआओस् ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई धेरै गाडी फेर्ने ड्राइभरको संज्ञा दिँदै आफूहरू केही थान मन्त्रीका लागि मात्र नभएर निश्चित मुद्दा लिएर सरकारमा गएपनि प्रधानमन्त्रीले नै बाटो फेरेको सरकारबाट बाहिरिनुपरेको बताए ।

‘ड्राइभर अनुभवी भनेर आएपछि लाइसेन्स भएको मान्छेलाई नयाँ हाइड्रोलिक गाडी दिएको तर पुरानै गाडी चलाउँछु भनेर हाम फालेपछि के गर्नु ?’, लिङदेनले भने, राप्रपासँग गाडी पनि भएको, लाइसेन्स पनि भएको तर सिट नै नभएको बताए । उनले यही अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको