२३ बैशाख २०८१, आइतबार | May 5, 2024

२२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने पक्का



बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने भएका छन ।

बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा मनाङ मर्स्याङदीले ट्राइब्रेकरमा ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लबलाई लाई पराजित गरेपछि मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिडने भएका हुन ।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरीमा खेल टुंगिएपछी खेल ट्राइब्रेकरमा पुगेको थियो ।

यो संगै १५ औं सस्करणको विजेता समेत रहेको फ्रेन्ड्स क्लब सेमिफाइनलबाट नै बाहिरिएको हो । ट्राइब्रेकरमा फ्रेण्ड्स क्लबका रुपेश केसी र डोना थापाले गोल गर्न चुक्दा क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।

मनाङ मर्स्याङदीबाट जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्स क्लबबाट अमित तामाङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए ।

निर्धारित समयमा फ्रेण्डस क्लबका तर्फबाट विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै पहिलो गोल गरेका थिए । यस्तै खेलको २६ मिनेटमा फ्रेण्डसका उत्तम राईले दोस्रो गोल गरेका थिए । पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङले एक गोल गर्दै खेललाइ २-१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफको २ मिनेटमा नै मनाङ मर्स्याङदीका प्रशन्न श्रेष्ठले गोल गर्दै खेललाइ २-२ को अवस्थामा पुर्‍याएका थिए ।

मनाङ मर्स्याङदी क्लबले नेपाल पुलिस क्लबलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लब अन्तिम चारमा स्थान बनाएको थियो ।

क्वाटरफाईनलको खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठ र चेतन कुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लबका बुद्धबल तामाङले एक गोल फर्काएका थिए


खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १-० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

फाईनल खेल चैत ११ गते शनिबार हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : २१ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच