५ चैत्र २०८२, बिहिबार | March 19, 2026

युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा



नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताएका छन् ।

उनले लुम्बिनी प्रदेशको बाँके पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगन्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगन्ज यतिबेला देशभर चिनिएको बताए ।

भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले बताए ।

युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुगेका प्रदेश संयोजक शर्माले नेपालगन्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गरे ।

महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भने ,‘लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिईने छैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उनले बताए ।

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ४२ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८