१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : माधव नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताउँदै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताए ।

अध्यक्ष नेपालले आफ्ना पार्टीका सङ्गठनको चरित्र समाजवादी चरित्र भएको बताउँदै जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा गर्न समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।

ठोस कार्यदिशाका साथ पार्टी निकट सबै जनवर्गीय सङ्गठनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा महिला वर्गको उल्लेखनीय सहभागिता रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको नीति–निर्माण तहमा पनि उनीहरूको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ०१ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल