१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नक्कली शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति, अनुसन्धानमा तेर्साए १६ प्रश्न



काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडी राखेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुदाँ : 

१. आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आईजीपी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२. गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।

३. केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पिए लिला जिसी मार्फत पैसा दिएको जबर्जस्ती बयान गराइएको थियो ।

४. केशब दुलाल र लिला जिसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दावी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउवा छानवीनको दायरामा राखिएको छैन ।

७. तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा, राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८. उनी र सन्देश शर्माले नै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन ।

९. निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भीआईपी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन, कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।

१०. सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।

११. आफु अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।

१२. केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्वमन्त्री खाँण र पुर्व सचिवहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।

१४. देउवाले आज दिउँसो आफु निकटको ब्यक्तिहरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन

१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रष्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६. रबिको पासपोर्टको विषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिवक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ । यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

घेराबन्दी तोडिएको हो र तोडिनेछ :

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दावेदार थिए । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी बयान दिएका छन् । कथित वयान भनिएको एमाले विरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले बयानको अंश छानी-छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरीरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : ५० बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा