१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट सुविधा



काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकलाई आकर्षक सेवा-सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ ।

सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले बाराको निजगढस्थित निजगड बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एन्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ११ : ४३ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति