७ आश्विन २०८३, बुधबार | September 23, 2026

सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्न कांग्रेस प्रचार विभागको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्‍याउने निर्णयसमेत भएको छ । ‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने पनि निर्णय गरेको  छ ।

‘हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने’ निर्णयसमेत विभागको छ ।

विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज