५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षहरुसँग छलफल



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग आज छलफल गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा उपाध्यक्षहरुबाट पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाएर लैजान आवश्यक रहेको सुझाव आएको बैठकमा सहभागी एक उपाध्यक्षले बताए । उनले उच्च तहमा गुटबन्दी मत्थर भएपनि तल्ला कमिटीहरुमा गुट र उपगुटहरु देखिएको बैठकले ठहर गर्दै त्यस्ता गुटलाई अनत्य गरेर अगाडि बढ्ने निश्कर्ष छलफलमा निकालिएको बताइएको छ । मिसन ८४ संचालन गरेर देशैभर एकताको सन्देश लिएर जानुपर्ने विषयमा पनि छलफलमा कुरा आएको थियो ।

बुधबार पनि अध्यक्ष र उपाध्यक्षहरुबीच छलफल भएको थियो । एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै मिसन ८४ अभियान अन्तर्गत केन्द्रीय नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । तर यो जिम्मेवारीमा कतिपय नेताहरुले असन्तुष्टि व्यक्त गर्दै कार्यक्षेत्रमा जान मानेका छैनन् भने अर्कोतिर प्रदेश, जिल्ला र स्थानीय तहमा समेत एमालेका विभिन्न गुटगत गतिविधि भइरहेका छन् ।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए । छलफल ५ घण्टा बढी चलेको थियो ।

एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक भोलि दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १० : १६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र