५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षहरुसँग छलफल



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग आज छलफल गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा उपाध्यक्षहरुबाट पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाएर लैजान आवश्यक रहेको सुझाव आएको बैठकमा सहभागी एक उपाध्यक्षले बताए । उनले उच्च तहमा गुटबन्दी मत्थर भएपनि तल्ला कमिटीहरुमा गुट र उपगुटहरु देखिएको बैठकले ठहर गर्दै त्यस्ता गुटलाई अनत्य गरेर अगाडि बढ्ने निश्कर्ष छलफलमा निकालिएको बताइएको छ । मिसन ८४ संचालन गरेर देशैभर एकताको सन्देश लिएर जानुपर्ने विषयमा पनि छलफलमा कुरा आएको थियो ।

बुधबार पनि अध्यक्ष र उपाध्यक्षहरुबीच छलफल भएको थियो । एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै मिसन ८४ अभियान अन्तर्गत केन्द्रीय नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । तर यो जिम्मेवारीमा कतिपय नेताहरुले असन्तुष्टि व्यक्त गर्दै कार्यक्षेत्रमा जान मानेका छैनन् भने अर्कोतिर प्रदेश, जिल्ला र स्थानीय तहमा समेत एमालेका विभिन्न गुटगत गतिविधि भइरहेका छन् ।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए । छलफल ५ घण्टा बढी चलेको थियो ।

एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक भोलि दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १० : १६ बजे

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी