८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नेपालगन्जका काठमिलमा वन कार्यालयको छापा : ठुलो परिमाणमा अबैध काठ बरामद



नेपालगन्ज । नेपालगन्ज र त्सस आसपासका काठमिलहरुबाट लुकाएर राखिएको ठुलो परिमाणको अबैध काठ बरामद गरिएकोे छ । नेपालगन्ज आसपासका विभिन्न तीन वटा काठ मिलमा छापा मारेको डिभिजन वन कार्यालय बाँकेले ठु्लो परिमाणको सालको चिरान काठ र खयरका गोलिया बरामद गरेको हो ।

काठमिलहरुबाट झण्डै २५० क्युफुट काठ बरामद भएको सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेले जानकारी दिए । उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचनाका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको हो ।

कार्यालयबाट अनुगमनमा खटिएको टोलीले १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद गरेको कार्यालयले जनाएको छ । मङ्गलबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिए ।

त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका ३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उनले बताए ।

बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ। बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको पार्धेले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ४३ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो