२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

होराइजन जिबिएसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत



बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज होराइजन गौतबुद्ध माविले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो ।

प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतले मनोरञ्जन दिलाएका थिए । सपुतले कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाइ स्वदेशमा बसेर काम गर्न आग्रह गर्दै करिब १ घण्टा बढी मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा बोल्दै प्राज्ञ बुँद रानाले पछिल्लो समयको शिक्षालाई ब्यवहारिक बनाउँदै स्वदेशमै रहने उच्च तहका जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले शिक्षा ऐनले ल्याएका नयाँ कुराको बारेमा जानकारी गराउँदै कार्यान्वयन हुँदाका फाइदा बेफाइदाको बारेमा बोलेका थिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरी, परीक्षा बोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, निर्मल प्रसाद लाकौल, रामेश्वर श्रेष्ठ लोकनाथ उपाध्याय, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य, इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, डा.नारायण प्रसाद पन्थ, प्रदीप अर्याल, डा.तारानाथ भट्टराई लगायतले बोलेका थिए ।

कार्यक्रममा लामो समय सम्म अध्यापन गराउने प्राध्यापक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजबाट विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान समेत गरिएको शिक्षा कृष्ण पाण्डेले जानकारी दिए । कार्यक्रममा कलाकार प्रकाश सपुतले विभिन्न गीत प्रस्तुत गरेका थिए । सपुतका गीतमा विद्यार्थी झुमेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ३० बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा