११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बन्दै गरेको नेपालगन्ज-गुलरिया सडकको मापदण्डमा खजुराको सडक बनाउन खजुरा गाँउपालिकाको माग



खजुरा । खजुरा गाँउपालिकाले आज ठेक्का तोडिएको खजुरा खण्डको सडक निर्माण भइरहेको नेपालगन्ज-गुलरिया सडकको मापदण्ड अनुसार निर्माण गर्न माग गरेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले सो सडकको ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनसँगको सम्झौता तोडे लगत्तै विज्ञप्ति प्रकाशित गर्दै पालिकाले नेपालगन्ज गुलरिया सडककै मापदण्ड अनुरुप सडक बनाउन माग गरेको हो ।

तीन पटक म्याद थप्दा र म्याद सकिएपछि पनि पटक पटक सडक निर्माणको सुबिधा दिँदा पनि अटेर गरेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सडक डिभिजनले आज तोडेको थियो । गाँउपालिकाका अध्यक्ष डम्बर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालगन्ज गुलरिया सडककै मापदण्ड अनुसार खजुरा क्षेत्रको सडक खण्डको निर्माण कार्य अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागसँग माग गरिएको छ ।

स्थानीयबाट लामो समय देखि काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडेर नेपालगन्ज बर्दिया सडक निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीलाई काम सुम्पन आग्रह गर्दै आएका थिए । ठेक्का सम्झौता तोडिएको खबरले आफु खुसी भएको बताउँदै गाँउपालिकाका अध्यक्ष डम्बर बिकले अवको बाँकी काम सडक बिभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गरे ।

खजुरा खण्डको ठेक्का ओटाशील प्रविधिबाट सम्झौता भएको थियो भने नेपालगन्ज गुलरिया सडक अक्सफाल्ट प्रविधिबाट निर्माण भइरहेको छ । ओटाशील प्रविधि सडकको सबैभन्दा कमसल प्रविधि भएको मानिने गरेको छ ।

काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाँउपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उनले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का लिएर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर तीनपटक म्याद थप र एक वर्ष विशेष सुबिधा दिएर सडक बनाउन अवसर दिँदा पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाएपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ५८ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र