३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नमस्ते एकेडेमीका कक्षा १२ मा उत्तिर्ण विद्यार्थीलाई सम्मान



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभार्गी भई उत्तिर्ण भएका विद्यार्थीलाई सोमबार एक कार्यक्रममा बीच सम्मान गरिएको छ । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका २२ जना विद्यार्थीलाई सम्मा नगरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमीका १५ जना विद्यार्थीले ३ दशमलव २१ भन्दा माथि जिपिए प्राप्त गरेका छन थिए भने ६ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० र १ जना विद्यार्थीले २ दशमलव ७८ जिपिए ल्याएको नमस्ते एकेडेमीका प्लस टु संयोजक महेश पौडेलले जानकारी दिए ।

ब्रिटिस कलेज काठमाडौं र युकेको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीले पहिलो वर्षमै सत प्रतिशत नतिजा ल्याउन सफल भएको प्राचार्य जिग्मे शेर्पाले बताए । विद्यार्थी र शिक्षकको अथक मिहिनेत, अभिभावकको सचेतता र विद्यालयको कुशल व्यवस्थापनको कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले उल्लेख गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै ब्रिटिस एजुकेश ग्रुपका बोर्ड निर्देशक महेन्द्र कंडेलले पहिलो वर्षमै विद्यालयलय हासिल गरेको उत्कृष्ट नतिजाले अन्य विद्यार्थी तथा अभिभावकहरुलाई समेत हौसला प्रदान गरेको उल्लेख गरे ।

यसैगरी ब्रिटिस कलेज काठमाडौंका प्रमुख अरुण कुमाल कंडेलले थप शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । परम्परागत शैक्षणिक विधिलाई चुनौती दिँदै नयाँ सोँच, चिन्तन र शैक्षणिक गतिविधिलाई अगाडि बढाएको नमस्ते एकेडेमी मोफसलको एक मात्र विद्यार्थी केन्द्रित शिक्षण गर्ने प्रगतिशील शैेक्षिक संस्था रहेको उनले दाबी गरे ।

कक्षा सञ्चालन गरेको पहिलो वर्षमानै सत प्रतिशत र उत्कृट नतिजा ल्याउनुले आफैमा सकारात्मक कुरा भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले उल्लेख गरे ।

कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापनसहितको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । पठन पाठनका साथ साथै विद्यार्थीलाई स्वदेशी र विदेशी शिक्षकबाट गीत, संगीत, स्विमिङ, फुटसल, कराँते, बास्केटबल लगायत इनोभेसन तथा सृजनात्मक सीपका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष आफ्नो कोटा अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा २५/२५ जना विद्यार्थी भर्ना गरिएको र आगामी वर्षमा ए लेभलको तयारी अगाडि बढाइने ब्रिटिस एजुकेशन ग्रुपका स्कुल हेड अरुण कँडेलले बताए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्याउने शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ७ : २६ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा