११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

समाजवादी मोर्चाले बुटवलमा मंगलबार सन्देशसभा गर्ने, प्रधानमन्त्री प्रचण्डसहित मोर्चाका प्रमुख नेताहरु सहभागी हुने



बुटवल । समाजवादी मोर्चा नेपालले भदौ १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणा सहित सन्देशसभा गर्ने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ १२ गते हुने प्रदेशस्तरीय बृहत् सन्देशसभामा प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ ।

सोमबार मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिदै उक्त सभाको तयारीमा मोर्चाका दलहरु जुटेको बताए । लुम्बिनीको घोषणा सभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको समेत सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

मोर्चामा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले तयारी तिब्र पारेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिट् ब्युरो सदस्य एवं पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिक अबस्था फेरीएको कारण देशमा विगतमा भएका आन्दोलनको उपलब्धी माथी प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तीको चलखेल बढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज हितमान शाक्यले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउदै तत्काल पार्टी एकताको लागी मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको दिशामा उन्मुख भएको समेत बताए ।

संविधानले परिकल्पना गरेको ‘समाजवादउन्मुख’ अर्थराजनीतिक रुपान्तरणका लागि नेपाली मौलिकता अनुरुपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो ।

पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यरो सदस्य बसन्त सी, माओवादीका केन्द्रिय सचिव हितमान शाक्यसहित जनता समाजवादीका राजनीतिक समितिका सदस्य मनिकर कार्की, माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, एकृकीत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १२ : २१ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी