२४ मंसिर २०८२, बुधबार | December 10, 2025

प्रतिनिधिसभाका १० वटै समितिका सभापतिले लिए शपथ



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् । सभापति घोषणासँगै आजै सभापतिहरुले सपथ ग्रहण गरेका छन्  ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन्। त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित भएका छन् । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको हो ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ५ : १८ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन