७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले लुम्बिनी अधिवेशन : मिति र समय बिनाको निर्वाचन कार्यतालिका, २ अध्यक्ष सहित १०५ जनाको उम्मेदवारी दर्ता



बुटवल । अध्यक्ष बाहेकका पदाधिकारीको ब्यवस्था बिधानमा नभेटिएपछि अलमलमा परेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलले बिना मिति र समयको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

शनिबार राती ८ बजेबाट सुरु भएको अधिवेशनको बन्द सत्रमा अध्यक्षको तर्फबाट राधाकृष्ण कंडेलले प्रस्तुत गरेको राजनीतिक र आर्थिक प्रतिबेदन पास भएपनि सांगठानिक प्रतिबेदनको बिधानमा पदाधिकारीको ब्यवस्था नभेटिएपछि अध्यक्ष मण्डलले बनाएको निर्वाचन समिति आज दिनभरी अलमलमा परेको थियो ।

मतदाता नामावली प्रकाशन गरेर पदाधिकारीको मापदण्ड खोज्न जुटेको निर्वाचन कमिटीले आज अबेला साँझ संशोधित सूचना प्रकाशित गरेको छ । उम्मेदवारी दर्ता गर्ने मिति र समय बाहेक सबै कार्यक्रमहरु पछि प्रकाशित गर्ने गरि निकालिएको सूचना अनुसार उम्मेदवारहरुले आज साँझ ५ बजेबाट भोलि बिहान १० बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने छन् ।

साँझ ५ बजेबाट उम्मेदवारी दर्ता खुलेको तालिका अनुसार अहिलेसम्म अध्यक्ष पदमा २ जना र अन्य पदाधिकारी र सदस्यहरु गरि १०५ जनाको उम्मेदवारी दर्ता भएकोे छ । अध्यक्ष पदमा केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजाल र वर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले उम्मेदवारी दर्ता गराएका छन् । रिजालको दर्ता नम्बर १०१ र कंडेलको दर्ता नम्बर १०५ रहेको निर्वाचन कमिटीले जनाएको छ । रिजालको उम्मेदवारीमा बिजयविराज बिष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन् भने कंडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक रहेका छन् ।

१००४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी विरोधको लागि आह्वान गरिएपनि थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको सङ्ख्या तथा पद बारे टुङ्गो नलागेपछि आज दिनभरी निर्वाचन कमिटी अलमल परेको थियो । २०५ जनाको कमिटी गठन गर्न भनिए पनि अध्यक्ष बाहेक अन्य पदाधिकारी के कति रहने भन्ने एकिन गर्नका लागि आयोजकले थप एक घण्टाको समय मागेको भएपनि त्यसको किनारा लगाउन आज दिनभरी लागेको बन्दसत्रका एक प्रतिनिधिले बताए ।

एमाले अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन गरेर काठमाडौं फर्किए पनि अन्नतः चुनाबी प्रक्रियामै गएर नेतृत्वको टुङ्गो लगाउने निश्चित जस्तै देखिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

 

 

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ८ : ३० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी