१७ माघ २०८२, शनिबार | February 1, 2026

एनएमबि बैंकका ग्राहकलाइ होटल पौवामा २० प्रतिशत सम्म छुट



बुटवल । एनएमबि बैंक लिमिटेड र होटल पौवा बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले होटल पौवाबाट प्रदान गरिएको सेवामा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले होटल पौवाबाट फुड एण्ड वेवरेज आइटममा १० प्रतिशत तथा स्विमिङ्ग र बोटिङ्गमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले हस्ताक्षर गरेका छन ।

एनएमबि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खाती, देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ एवं होटल पौवाका चिफ ब्राण्डिङ्ग अफिसर बिष्णु भण्डारीको उपस्थितिमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले एक कार्यक्रम बीच उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोलेका सबै ग्राहकवर्ग लाभान्वित हुने एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

यो छुट होटल पौवाका सबै शाखामा लागु हुने पौवाका चिफ ब्राण्डिङ्ग अफिसर बिष्णु भण्डारीले जानकारी दिए ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ५६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले