२३ कार्तिक २०८३, सोमबार | November 10, 2026

समाजवाद कार्यान्वयनबाट वर्गसङ्घर्ष अन्त हुन्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक रूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् ।

पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए । समाजवाद कार्यान्वयबाट नै वर्गसङ्घर्ष अन्तय हुने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिए ।

जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उनले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठीक रहेको बताउँदै कम्युनिष्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गरे ।

“नेतृत्व सही बाटोमा अघि बढ्न सके पार्टीभित्र लोकतान्त्रिक मूल्य, मान्यता स्थापित भई जनताको सामाजिक रुपान्तरण, देश विकासको चाहना पूरा हुने र समृद्धितर्फ पुग्न सकिन्छ”, उनले भने । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष नेपालले व्यक्त गरे ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले समाजवादमा श्रमिक वर्गका हकहित, अधिकार सुरक्षित गर्न सकिने बताए । कार्यक्रममा ६० जना पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ३ : ५३ बजे

एनपिएल : चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ । काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

देउसी–भैलोलाई २४ सै घण्टा सञ्चालन गर्न गृहको अनुमति

काठमाडौँ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत