१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पुर्व राष्ट्रपति भण्डारी



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण श्रदाञ्जली ब्यक्तसमेत गरेकी छन् ।

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छिन । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

एमाले उपाध्यक्ष नेम्वाङको गए राती हृदयघातवाट निधन भएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : ३७ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि