९ श्रावण २०८३, शनिबार | July 26, 2026

नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित



काठमाडौं। नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।

उनको निधनमा शोक मनाउन अर्को सूचना जारी नभएसम्मका लागि पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको कार्यबाहक महासचिव, प्रदीप ज्ञवालीले जानकारी दिए । नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको उनले जानकारी दिए ।

‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ,’ कार्यबाहक महासचिव ज्ञवालीले भने, ‘उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको छ ।

शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किराँतीले जानकारी दिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १२ : ०८ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको