९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता



काठमाडौ । राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताएका छन् ।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुगेका शीर्ष नेताले उनको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उनको योगदानलाई इतिहासले सधैँभरि स्मरण गर्ने बताए ।

उनले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राखे । “उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो”, नेता नेपालले भने, “मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो । संविधान निर्माण मात्र नभएर कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा पनि उहाँमा अत्यन्त धेरै हुटहुटी रहेको थियो ।”

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताए । “धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने हो भन्नुहुन्थ्यो”, उनले भने, “अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद ।” उनले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताए । उनले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताए ।

नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उनको अभाव खड्किरहने बताए । उनले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताए । “नेकपा छँदा पनि नेताबीचको विवाद हुँदा उहाँले सहजीकरण गर्ने र सबैले विश्वास गर्ने नेता हुनुहुन्थ्यो”, नेता पुनले भने, “शान्ति निर्माणका बाँकी काम टुङ्ग्याउन उहाँले निकै नै मेहनत गरिरहनुभएको थियो ।”

उनले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : २६ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा