९ श्रावण २०८३, शनिबार | July 26, 2026

ओली भन्छन्- यो सरकारले देश बनाउन सक्दैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएको यो सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्।

शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्ड चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए।

देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे।

देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए। ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : १८ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको