१० श्रावण २०८३, आइतबार | July 26, 2026

बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने जनमत आवश्यक : शङ्कर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन् ।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो ।’’ उनले समाजमा रहेको सामाजिक अराजकता, मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको सङ्कल्पबाट राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट गरे ।

एमालेको प्रथम अधिवेशनको ब्यानर अङ्कित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गरेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ५६ बजे

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी