२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने जनमत आवश्यक : शङ्कर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन् ।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो ।’’ उनले समाजमा रहेको सामाजिक अराजकता, मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको सङ्कल्पबाट राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट गरे ।

एमालेको प्रथम अधिवेशनको ब्यानर अङ्कित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गरेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ५६ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब