२९ मंसिर २०८२, सोमबार | December 15, 2025

टर्कीको आन्तरिक मन्त्रालय अगाडी आत्माघाती विष्फोट



अंकरा । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले राजधानी अंकारामा भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ ।

टर्की र यसका पश्चिमी सहयोगीहरूले आतंककारी करार गरेको पिकेकेले टर्कीको आन्तरिक मन्त्रालयको कार्यालय नजिकै विस्फोट गराएको थियो, जहाँ दुई प्रहरी अधिकारी घाइते भएका थिए । टर्कीका गृहमन्त्रीका अनुसार विस्फोटमा घाइते दुई प्रहरी अधिकारीकाे उपचार भईरहेको छ ।

पीकेकेले बम विष्फोटमा आफ्नो संलग्नता स्वीकार गर्दै भनेको छ कि हाम्रो अमर ब्रिगेडको टोलीले टर्कीको आन्तरिक मन्त्रालयको अगाडी, उनीहरूकाे सामुन्ने एउटा घटना घटाएको छ । एएनएफ समाचार एजेन्सीलाई सो पार्टीले पत्र पठाएर घटनाको जिम्मेवारी लिएको थियो । सो समाचार एजेन्सी एक कुर्द समाचार एजेन्सी हो, जसले मध्य पूर्वबाट समाचार सङ्कलन र प्रसारण गर्दछ ।

युरोपेली संघ, संयुक्त राज्य अमेरिका साथै टर्कीमा आतंकवादी समूह पिकेके १९८४ मा दक्षिण पूर्वी टर्कीमा सशस्त्र विद्रोह सुरु गर्यो, जसबाट अहिलेसम्म ४० हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।

यसैबीच, नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले आतंकवाद विरुद्धको लडाईमा टर्कीसँग नाटोको ऐक्यबद्धता व्यक्त गर्दै अंकारामा भएको आक्रमणको कडा निन्दा गरेका छन् । स्टोल्टनबर्गले घाइते प्रहरी अधिकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् भने टर्कीका राष्ट्रपति एर्दोगानले संसदमा सम्बोधन गर्दै घटनालाई सम्बोधन गर्दै आतंकवादीहरूले आफ्नो उद्देश्य हासिल गर्न कहिल्यै नसक्ने बताएका छन्  ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २८ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११