१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने



बुटवल। बुटवल जेसीजले आफ्नो स्वर्णजयन्तीका अवसरमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गर्ने भएको छ । देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने महाधिवेशन यही मंसिर २८ गतेदेखि पौष २ गतेसम्म संचालन हुने बुटवल जेसीजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

नेपाल जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले बुटवल जेसीजको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न पाउनु बुटवलका लागि धेरै नै गर्वको कुरा भएको बताए । बुटवल जेसीजले यस भन्दा पहिला दुई वटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रुपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक पोखरेलले बताए ।

यस्तै नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान शैजुले यस महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि धेरै टेवा पुराउने बताए । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्णजयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठूलो अवसर भएको बताउँदै यसले बुटवलको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुराउने बताए ।

महाधिवेशनले वर्ष भरिका गतिविधिहरुको रिपोर्टिङ तथा कार्ययोजना निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन सचिव सिनेटर मनोज भट्टराईले बताए । साथै महाधिवेशनको अवरसमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा प्रभातफेरि गरिने महासचिव भट्टराईले बताए ।

महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रुपमाा आयोजना गर्न वर्ष २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु ग्ठित समितिको संयोजकm १२ जना पदाधिकारी सहसंयोजक सहित र ८० जना सदस्यहरु विभिन्न उपसमितिमा, वर्ष २००७ भन्दा अघिका १२ जना पूर्व अध्यक्षहरुको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार गठन गरिएको महाधिवेशन सचिव सिनेटर भट्टराईले जानकारी गराए ।

साथै महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ५५ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच