१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले अध्यक्ष ओलीद्वारा सहिद दशरथ चन्दको जन्मघरको अवलोकन



बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् ।

ओली लगायतका नेताहरुले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरेको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । उनका अनुसार नेताहरुले घरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रिय स्तरको घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले एकाले अध्यक्ष ओलीलाई राष्ट्रिय प्रतिष्ठान घोषणाका लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

यसअघि अध्यक्ष ओलीले आजै यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए ।

सङ्कल्पयात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेछन् । आज साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  २ : १६ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको