१० श्रावण २०८३, आइतबार | July 27, 2026

राष्ट्रिय स्वाधिनता रक्षा नगर्ने सरकार काम छैन : अध्यक्ष ओली



गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।

समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ ।’

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गरे । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आउनुभएका अध्यक्ष ओलीले व्यंगात्मक शैलीमा भने –’विकासमा भइरहेको ढिलासुस्ती बारे म प्रधानमन्त्री संग कुरा गर्छु । हिजो वहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुदै म आएको हु । १०० किलोमिटर हिँडेकीँ भनेको त १६ किलोमिटर पो रहेछ ।’

अन्तरक्रिया कार्यक्रममा गोरखाका स्थानीयहरुले अध्यक्ष केपी शर्मा ओली संग विकास निर्माण सम्वन्धी विभिन्न मागपत्रहरु बुझाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ३ : ५६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले