३० चैत्र २०८२, सोमबार | April 13, 2026

तिलोत्तमा वडा नं ५ का स्थानीयलाई केन सेन्टरबाट नि:शुल्क मधुमेह र मिर्गौला सम्बन्धी जाँच



बुटवल । स्वस्थ मानिस , स्वस्थ्य परिवार अनि मात्र स्वस्थ समाज भनेर मधुमेह र मिर्गौला सम्बन्धी अभियान चलाउदै आएको केन सेन्टरले आफ्नो नि:शुल्क मधुमेह र मृगौंला जाँच अभियानलाई निरन्तरता दिएको छ । केन सेन्टरले तिलोत्तमा नगरपालिकाका वडा नम्बर ५ को समन्वयमा तिलोत्तमा ५ मा दुई दिने नि:शुल्क मधुमेह, मृगौला शिविर तथा परामर्श कार्यक्रम गरेको हो ।

शिविरको आरम्भ गर्दै तिलोत्तमा वडा नं ५ का वडाअध्यक्ष रमेश डुम्रेले आफनो वडाबासीहरुलाई विशेषज्ञ केन्द्रसंग आवद्ध भई सहि परामर्श र ब्यवस्थापनका विधिहरु दिन पाउदा गर्व लागेको बताए । समयमा नै स्वस्थ्य स्थितिबारे जानकारी दिने र बेलामै उपचार भए बिरामीलाई धेरै आर्थिक खर्च नहुने हुँदा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

वडा कार्यालय परिसरमा गरिएको शिविरमा ४ सय ६ जनाको नमुना परिक्षण गरिएको केन सेन्टरका ल्याब प्राविधिक पुजा रिजालले बताइन । उक्त परिक्षणको क्रममा ११ प्रतिशतमा मधुमेहको समस्या, ६ प्रतिशत मृर्गौलामा प्रारम्भिक समस्या देखिएको उनले बताईन । शिविरमा जाँच गरिएका बिरामीहरुलाई सोमबारबाट चार दिनसम्म बिशेष परामर्श दिने थालिएको पनि उनले जानकारी दिइन् ।

अहिलेको आधुनिक जीवनशैलीले मधुमेह र मृर्गौलाको समस्या बढ्दै गएको र बेलैमा रोगबारे निदान उपचार र ब्यवस्थापन नभएपछि स्वस्थ्य समस्या बढ्ने केनका अध्यक्ष दिनेश कक्षपतिले बताए । प्राय बिरामीहरु उपचारका लागि काठमाण्डौ वा भारत जानुपर्ने बाध्यतालाई रोक्ने गरि केनबाट सेवा दिदै आएको उनले बताए ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ३७ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।