२९ माघ २०८२, बिहिबार | February 12, 2026

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन आजबाट बुटवलमा सुरु



बुटवल । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन आजबाट बुटवलमा सुरु हुने भएको छ । बुटवलको रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन चल्ने नेपाल जेसीजले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

महाधिवेशनको दिउसो ३ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगत पोखरेलले जानकारी दिए । बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसंगै भएकाले दुवै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको उनले बताए । जेसीजको महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएकोले सबैलाइ सहयोगी भूमिका खेल्न समेत उनले आग्रह गरे ।

महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मतभार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ४ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १६ वटा उपसमिति गठन गरेर काम गरिएको प्रचारप्रसार संयोजक राजीव गौतमले बताए ।

‘सक्षम युवा सुदृढ देश ः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताए । उनले बुटवल महाधिवेशनले आर्थिकरुपमा सुस्ताएको बुटवललाई राहत प्रदान गर्ने अपेक्षा पनि गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : २० बजे

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।