१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन आजबाट बुटवलमा सुरु



बुटवल । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन आजबाट बुटवलमा सुरु हुने भएको छ । बुटवलको रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन चल्ने नेपाल जेसीजले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

महाधिवेशनको दिउसो ३ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगत पोखरेलले जानकारी दिए । बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसंगै भएकाले दुवै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको उनले बताए । जेसीजको महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएकोले सबैलाइ सहयोगी भूमिका खेल्न समेत उनले आग्रह गरे ।

महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मतभार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ४ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १६ वटा उपसमिति गठन गरेर काम गरिएको प्रचारप्रसार संयोजक राजीव गौतमले बताए ।

‘सक्षम युवा सुदृढ देश ः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताए । उनले बुटवल महाधिवेशनले आर्थिकरुपमा सुस्ताएको बुटवललाई राहत प्रदान गर्ने अपेक्षा पनि गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : २० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा