७ आश्विन २०८३, बुधबार | September 23, 2026

कूटनीतिक मर्यादाप्रति सबै दल संवेदनशील हुनुपर्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग पारस्परिक हितका पक्षमा कार्य गर्नुपर्ने बताउँदै उनले असंलग्न पञ्चशीलका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने बताए ।

विभागले राष्ट्रहित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्तावेज तयार पारेको हो । उक्त दस्तावेजमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई सुझाइएको छ ।

नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न दस्तावेजले सहयोग गर्ने विभागका अध्यक्ष कर्णले जानकारी दिए ।

विभागले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, कूटनीति र परराष्ट्र नीतिका सम्बन्धमा, छिमेकी र अन्य मित्र राष्ट्रबीचको सम्बन्धमा, राष्ट्रिय हित, विकासका सम्बन्धमा र गैरआवासीय नेपालीका सम्बन्धमा महत्त्वपूर्ण सुझाव अवधारणापत्रमा समावेश गरिएको छ ।–

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : १२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज