२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँके र बर्दियाको धार्मिक र पर्यटकीय स्थल चिनाउन ‘टुर दि ठाकुरद्वारा’को छैठौं संस्करण हुँदै



नेपालगन्ज । बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणमा आयोजना हुने टुर दि ठाकुरद्वारामा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ ।

कार्यक्रमको संयोजनका लागि आजबाट नेपालगन्जमा ‘टुर दि ठाकुरद्वारा’को सचिवालय स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच संघीय सांसद डा. धवलशमशेर राणाले सचिवालयको उद्घाटन गरेका छन् । नेपालगञ्ज साइक्लिङ क्लवले हरेक वर्ष आयोजना गर्ने टुर दि ठाकुरद्वाराको सचिवालयको संघीय सांसद राणाले उद्घाटन गरेका हुन् ।

टुर दि ठाकुरद्वाराले बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने गर्दछ । उदघाटन कार्यक्रममा बोल्दै संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्राजस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने बताए ।

टुर दि ठाकुरद्वाराको छैठौ संस्करणमा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

टुर दि ठाकुरद्वारा संचालन हुनु अघि नेपालगञ्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष सापकोटाले बताए ।

टुर दि ठाकुरद्वारामा सहभागी हुन आउने नेपाल र भारतका प्रतिनिधिलाई नेपालगञ्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, यहाँको रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले बताए। टुर दि ठाकुरद्वारामा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल हुने उनले बताए ।

टुर दि ठाकुरद्वाराको पहिलो र दोस्रो संस्करणमा दुई जना अष्टे«लियन नागरिकले पनि भाग लिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : २५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता