६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

खजुरास्थित लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी, ६२ वटा बाख्रा जलेर मरे



खजुरा । कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा आगोमा जलेर मरेको छ । बाँकेको जानकीमा रहेको लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा मध्यराती आगलागी हुँदा इकाईमा रहेका मध्य ६२ वटा बाख्रा मरेको हो ।

विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार स्थानीयवासी र त्यहाँका कर्मचारीले विहान ६ बजे आगो निभाएका थिए । जिउँदा बाख्राको उद्दार समेत स्थानीय र कर्मचारीहरुले गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ५२ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए