३ पुस २०८२, बिहिबार | December 19, 2025

हराउँदै परम्परागत घर



कञ्चनपुर । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदैछन् ।”
काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् ।

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताए । “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो । नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्”, उनले भने, “सहजै काठ पाइँदैन । धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन् ।”

उनका अनुसार विगतमा एउटै परिवारमा सय÷डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १०÷१५ जनाको परिवार पनि भेटिँदैन । “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन । बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्”, उनले भने । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराले बताइन ।

“अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यति मात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुस्किल पर्छ”, उनले भनिन, “सहजै काठ, टायल पनि पाइँदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाइँमा छ ।” कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन् ।

“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो”, बेलौरी नगरपालिका अभिषेक रानाले भने, “जनसङ्ख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।”

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ३९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको