४ असार २०८२, बुधबार | June 18, 2025

भन्सार छलेर बुटवल भित्राइएको २ हजार केजी प्रतिबन्धित बैखी जातको मरेको माछा बरामद



बुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अबैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ । अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने बर्ष २३ को शिव कुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागीभैरहवा भन्सार कार्यालय पठाईएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

त्यसैगरि प्रहरीले आजै बुटवल उप( महानगरपालिका वडा नं. ५ अमरपथबाट सियारी गाउपालिका वडा नं. ७ बस्ने बर्ष ३२ को प्रदिप केवटले चलाएको लु ६ प ४२०३ नम्वरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याइएको भेल्बटको ५ रोल (१०६ मिटर) कपडा बरामद गरेको छ । मोटरसाईकल चालक केवटसहित बरामद मोटरसाइकल र कपडा भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ३१ बजे

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ