२९ चैत्र २०८२, आइतबार | April 13, 2026

भन्सार छलेर बुटवल भित्राइएको २ हजार केजी प्रतिबन्धित बैखी जातको मरेको माछा बरामद



बुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अबैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ । अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने बर्ष २३ को शिव कुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागीभैरहवा भन्सार कार्यालय पठाईएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

त्यसैगरि प्रहरीले आजै बुटवल उप( महानगरपालिका वडा नं. ५ अमरपथबाट सियारी गाउपालिका वडा नं. ७ बस्ने बर्ष ३२ को प्रदिप केवटले चलाएको लु ६ प ४२०३ नम्वरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याइएको भेल्बटको ५ रोल (१०६ मिटर) कपडा बरामद गरेको छ । मोटरसाईकल चालक केवटसहित बरामद मोटरसाइकल र कपडा भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ३१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्